रेडियोसँगको मेरो अटुट सम्बन्ध

  • फागुन १, २०७९ / नेपाल रेखा
alt

लिलाराज भट्टराई
मध्य असारको बेला झमझम पानी परिरहेको थियो । पहाडको ठाँउ आमै घर मुन्तिर टारीखेतमा धान रोपाई हुदै थियो । घुम ओडेर हिल्याउने हिल्याइरहेका थिए, रोपाहारहरु असारे गीत गाँउदै धान रोप्दै थिए । बाउसे रोपाहारसँग जिस्कदै हिलो छयाप्दै बाउसे लगाउदै थिए । घरको सिकुवामा एउटा पाँच बर्षको बालक रेडियो सुनेर बसेको थियो । शनिबारको दिन थियो, रेडियो नेपालमा नाटक सुरु भयो । रेडियो भित्र धेरै मान्छेहरु, मान्छेहरु मात्र होइन, कुकुर बाघ भालु पनि कराएको सुन्यो । त्यो बालकलाई अचम्म लाग्यो यति सानो रेडियो भित्र मान्छेहरु, कुकुर, बाघ, भालु, हात्ति कसरी अटेका होलान् । दाजु रोपाईबाट कोदाली लिन घरमा आउनुभयो । भन्नुभयो–के गर्दैछस केटा ?
केटाले भन्यो रेडियो सुन्दैछु । दाजु यो सानो रेडियोभित्र मान्छेहरु, कुकुर बाघ भालु जनावरहरु कसरी अटेर बसेका छन् ? दाजुलाई पनि जिस्क्याउन मन लाग्यो भन्नुभयो – साना साना भएर बस्छन् भित्र बस्दा बाहिर निस्के भने ठूला भइहाल्छन । बालकले पत्याएन भन्यो हैन होला ।
दाजु –हो हो किन नहुनु ।
बालक – हैन होला ।
दाजु – पत्याइनस ?
बालक – होइन होला ।
दाजु –रेडियो खोलेर तिनीहरुलाई निकालौ त ?
लु त केटोले भन्यो ।
साँच्ची पत्याइनस केटा ? खोलेपछि मान्छे मात्र निस्कदैन है,अघि कराएका कुकुर बाघ, भालु, हात्ती सबै निस्किन्छन । म त कुदेर उ त्यो सुन्तोलाको बोटमा चडिहाल्छु । त चढन सक्दैनस् अनि भेटछस् । यति भनेर दाजुले त भित्र बाट पेचकस ल्याएर रेडियोको पेच खोलेर त्यहाँका मान्छे जनावर निकाल्न पो थाल्नुभयो । अनि बालक डरायो । रुन थाल्यो ।
त्यहि बालक दुई दशक देखि रेडियो भित्र पसेको पस्यै छ । त्यहि उ बेलाको बालक अहिलेको रेडियोकर्मीको तर्फबाट तपाई सबैलाई बिश्व रेडियो दिवसको हार्दिक शुभकामना छ है हजुर । अनि बिनोद दाजु लु कहिले निकाल्ने हाउ रेडियोभित्रबाट ?

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]