विराट अनुपम यात्रा गर्दा लुगा किन्न केही दिन लाग्छ । योजना बनाउन केही दिन लाग्छ । पैसा जोहो गर्न केही दिन लाग्छ । समय मिलाउन केही दिन लाग्छ । अर्थात यात्रा अगाडि यात्राको योजनामै एक हप्ता त लाग्छ लाग्छ । यो समयमा आफू यात्रा गर्न खोजेको ठाउँ बारेमा लेखिएका ग्रन्थ पढ्ने समय पुग्छ । त्यो बारेमा बनेका डकुमेन्ट्री, ब्लग र भ्लग हेर्ने समय पुग्छ । त्यो ठाउँ घुमेर आएकाबाट एक एक सूचना लिन समय पुग्छ । त्यो ठाउँका जानकारबाट धेरै कुरा सिकेर जान समय पुग्छ । यत्ति मेहेनतले हाम्रो यात्रा सोचे भन्दा भव्य हुन्छ । यात्रा त शैक्षिक वा अध्ययन भ्रमण जस्तो हुन्छ । अनुसन्धान भ्रमण जस्तो हुन्छ । मनोरञ्जन त यात्राको मेरुदण्ड भैगयो । यात्राकै दौरान पनि फुर्सदका क्षण आउछन् । थकानका क्षण आउछन् । त्यो समयमा नि पढ्न सकिन्छ । यात्रा खुराक गज्जब बनाउन सकिन्छ । यत्रो गरेपछि यात्रा सकेर इच्छा हुनेले लेख लेख्न सकिन्छ । सामाजिक संजालमा राम्रो राम्रो सूचना दिन सकिन्छ । केही नगरे साथीहरूलाई राम्रोसँग जानकारी शेयर गर्न सकिन्छ । यो सानो मेहेनतले हुने ठुलो उपलब्धि हो । यो स्तरमा यात्रालाई पठनमा कसरी जोड्ने भन्ने उदाहरणमा मैले दिने उदाहरण हर्क गुरुङ हुन् । “मैले देखेको नेपाल“ पुस्तक यो तर्फको जानकारीलाई एउटा मानक कृति हो ।