नगरमा खानेपानीको समस्या अझै छ: खानेपानी अध्यक्ष चौधरी "नगरमा सरसफाई र खानेपानी"

  • कार्तिक १८, २०७७ / "नेपाल रेखा"
alt


इटहरी / सुनसरीको रामधुनी नगरपालिका १ का केसीलाल चौधरी; झुम्का खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ । सामाजिक सेवाको क्षेत्रमा सँधै सक्रिय रहने चौधरी विभिन्न संघ र सस्थामा समेत आबद्ध रहँदै आउनुभएको छ ।

दाना ग्रामीण बचत तथा ऋण सहकारी सस्थामा उपाध्यक्ष, रेडक्रस सोसाइटी झुम्काका आजिबन सदस्य, थारु कल्याणकारीणि सभा सुनसरीका केन्द्रिय पार्सद, झुम्का बहुउद्देश्यीय सहकारी सस्थाको शिक्षा समिति सदस्य लगायत स्थानीय स्तरमा विभिन्न बिकास निर्माण समितिहरुमा सक्रिय रही चौधरीले काम गर्दै आउनु भएको छ ।


साबिक सुनसरीको भासी गाबिस बाट जनप्रतिनिधिको रुपमा स्थानीय वडा अध्यक्ष पदमा निर्वाचित भइ बिभिन्न सामाजिक कार्यहरुको नेतृत्व समेत गर्नुभएको अध्यक्ष चौधरी संग सामाजिक सेवामा लामो अनुभव रहेको छ । ६९ वर्षिय चौधरीले औपचारिक शिक्षा तर्फ बिएसम्म अध्ययन बाहेक प्राबिधिक तर्फ सिएमए र ल्याब टेकनिसियन अध्यन गर्नुभएको उहाँले नेपाल सरकारको स्वास्थय सेवामा २१ बर्ष लामोसमय काम पनि गरिसक्नु भएको छ ।


उनै केसीलाल चौधरी संग नेपालरेखा डटकम का लागि धिरेन्द्र कुमार चौधरीले सुनसरीको रामधुनि नगरमा खानेपानी तथा सरसफाईको अवस्था बारे जान्ने प्रयास गरेका छन् । प्रस्तुत छ कुराकानीको सारसंक्षेप ।


रामधुनि नगरमा खानेपानीको समस्या कस्तो छ ?


रामधुनिमा खानेपानीको समस्या भयावह छ । नगरको ५ नम्बर वडाको हसनपुर गाउको झुम्का बजार साइडमा माघ र फागुन महिनामा जमिन मुनिको पानीको स्रोत सुक्छ । वडा १ र ३ मा पनि खानेपानीको अभाव रहेको छ । बस्ती बाक्लो हुँदै गइरहेको छ । सुख्खा याममा पानीको मूल र स्रोत सुक्ने हँुदा टयुुवेल बाट कहिँ कतै पानी नआउने समस्याहरु पनि देखिएका छन् ।


रामधुनि नगरमा स्वस्छ खानेपानीका लागि स्थानिय स्तरमा के कस्तो काम भैरहेको छ ?


हामी समितिमा आएपछि बि. स. २०७२ सालदेखि रामधुनिमा स्वस्छ खानेपानीका लागि निरन्तर काम गरीरहेका छौ । यहाको खानेपानीमा ८ दशमलव भन्दा माथी अत्यधिक आइरनको मात्रा रहेको छ । स्वस्छ खानेपानीका लागि अहिले अर्को नया बोरिङ्ग जडान गरिएको छ ।


तपाईं झुम्का खानेपानीमा अध्यक्ष भएर आएपछि खानेपानीका लागि के कस्ता कामहरु गर्नु भएको छ ?


हामी नँया समिति आएपछि कार्यालयका लागि नया भवन, प्रतिक्षालय, चर्पी, बाथरुम निर्माण, कम्पाउण्ड वाल, सामग्री राख्ने कोठा निर्माण, डिप बोरिङ्ग लगायतका काम भएका छन् । धारा जडान कार्यमा पनि बिस्तार भएको छ । पहिले तीन सय घर धुरी धारा रहेको थियो अहिले बढेर नौ सय धारा जडान गरिएको छ ।

 

यहाको खानेपानीलाई स्वस्छ बनाउने प्रक्रिया के कस्तो रहेको छ ?


फिल्टर बाट खानेपानीलाई स्वस्छ बनाउने प्रक्रिया अपनाइदै आएको छ । यहाँ धाराको माग बढदै गएको छ । मेडिया पनि पुरानो भैसकेको छ । मेडिया र आधुनिक फिल्टर ल्याउन माग र कार्यगत प्रक्रिया भैरहेको छ ।


यस ठाउको खानेपानीको क्षमता कति रहेको छ ?


अहिलेको एक लाख लिटर क्षमता भएको टयाङकि २५ बर्षको पुरानो हो । मर्मत गर्नु पर्ने अबस्था रहेको छ । त्यतिबेला जनसंख्या कम भएकोले धारा कम रहेकोे थियो । अहिले दुई लाख २५ हजार क्षमता भएको खानेपानी संचालनको प्रक्रियामा छ । नया बोरिङ्ग संचालन हुने प्रक्रियामा छ । यस ठाउँमा तीन वटा बोरिङ्ग र दुई वटा ओभरहेड रहेको छ ।


रामधुनी नगरको कुनकुन स्थानमा खानेपानी बिस्तार गरिएको छ ?


वडा ५ मा पूरा भएको, १ र ५ मा आंशिक रूपमा बिस्तार गरिएको छ । बस्ती घना हुँदै गएकोले यसको क्षमता बढाउन आवस्यक भएकोले यसको निमित्त पनि कार्यहरु भईरहेको छ ।


खानेपानीका लागि उपभोक्ता संख्या कति रहेको छ ?


हाम्रो क्षेत्रमा अहिले नौ सय घरधुरी जति उपभोक्ताहरु रहनुभएको छ ।


सस्थाको साधारणसभा गर्नु हुन्छ कि हुन्न ?


प्रत्येक बर्ष साधारणसभा सभा गरीदै आएको छ ।


खानेपानीका लागि मुल्य निर्धारण कसरी गर्नुहुन्छ ?


पुरानै समितिले मूल्य निर्धारण गरेको हो । हामी नयाँ समिति आएपछि यसको परीमार्जन गरेका छैनौ ।


खानेपानीमा नया योजना केही छन् कि ?


खानेपानीका लागि सुधार तथा बिस्तार कार्यक्रम अन्तर्गत शहरी खानेपानी योजना ल्याउने तयारीमा छौ ।


समग्रमा रामधुनि नगरमा खानेपानीको अबस्था कस्तो रहेको छ ?


रामधुनिको विभिन्न वडामा रहेको खानेपानी समिति संग हामीले समन्वय गर्न खोजेको हो । त्यहा पनि समिति छन् । हाम्रो कार्य क्षेत्र भित्र रहेको ठाउमा सबैलाई स्वस्छ खानेपानी पुग्ने गरि हामीले काम गरीरहेका छौ ।

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]